काठमाडौं – प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण स्वीकृत भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको मंसिर ६ र ७ गते हुने भारत भ्रमण स्वीकृत गरेको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमण गर्दैछन्। उनी आइतबार दिउँसो १ः ४५ बजे नेपाल वायुसेवा निगमको जहाजमार्फत भारत प्रस्थान गर्ने कार्यक्रम छ।
भ्रमणमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले,परराष्ट्रमन्त्री शिशिर खनाल,प्रधानमन्त्रीका मुख्य सल्लाहकार,राजनीतिक सल्लाहकारलगायत उच्च अधिकारी सहभागी हुनेछन्। नेपालबाट प्रस्थान गर्ने सरकारी भ्रमण टोली ३४ सदस्यीय हुनेछ।





About Us
प्रतिक्रिया