प्रधानमन्त्रीको भारत भ्रमणमा दुई मन्त्रीसहित ३४ सदस्यीय प्रतिनिधिमण्डल


काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने भएका छन्। शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले प्रधानमन्त्री शाह ३४ सदस्यीय भ्रमण मण्डलका साथ भारत जान लागेको जानकारी दिए।

राईका अनुसार मंसिर ६ गते आइतबार दिउँसो १:४५ बजे नेपाल वायुसेवाको उडानबाट प्रधानमन्त्री शाह भारत प्रस्थान गर्नेछन्। भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनेछन्। यस्तै, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाह पनि भ्रमणमा सहभागी हुनेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मंसिर ७ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय भेवार्ता गर्नेछन्। यस्तै, उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री शाह मंसिर ७ गते सोमबार साँझ ६:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनेछन्।