समता घरेलु लघुवित्तको ८ हजार कित्ता शेयर बिक्रीमा


काठमाडौं – समता घरेलु लघुवित्त वित्तिय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको ८ हजार ३१२ कित्ता शेयर बिक्रीमा राखेको हो।

संस्थाले सो शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरि बिक्रीमा ल्याएको हो। सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।