काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभाश वितरण गर्ने घोषणा गरेको हो।
जसमा ४.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।





About Us
प्रतिक्रिया