नेष्डो समृद्ध लघुवित्तका शेयरधनीको हात खाली


काठमाडौं – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

समितिले आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ।