काठमाडौं – व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ स्थगित भएको छ। बुधबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको उक्त रिटमाथिकाे सुनुवाइ स्थगित भएकाे हाे।
उक्त रिट न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा परेको थियो। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेका भट्टको हकमा उनका बुवा चतुर्भुज भट्टले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका हुन्।





About Us
प्रतिक्रिया