काठमाडौं – काठमाडौं सर्वोच्च अदालतले बुधवार निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै छ। उनको रिट निवेदन न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको छ।
उनले आईजीपी पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च रिट दायर गरेका थिए। कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने सरकारको निर्णयविरुद्ध कात्तिक १९ गते सर्वोच्च अदालतमा रिट पेस गरेका थिए। सर्वोच्चले कात्तिक २० गते उक्त रिट दर्ता गरेको थियो।
यसअघि सर्वोच्चले रिटमाथि सुनुवाइका लागि कात्तिक ३० गतेको मिति तोकेको थियो। तर, सरकारले उक्त दिन छठ पर्वको सार्वजनिक बिदा दिएपछि सुनुवाइ सरेको थियो।





About Us
प्रतिक्रिया