आईजीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सुनुवाइ


काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा बुधबार सुनुवाइ हुने भएको छ।

कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने सरकारको निर्णयविरुद्ध कात्तिक १९ गते सर्वोच्च अदालतमा रिट पेस गरेका हुन्। सर्वोच्चले कात्तिक २० गते उक्त रिट दर्ता गरेको हो।

यसअघि सर्वोच्चले रिटमाथि सुनुवाइका लागि कात्तिक ३० गतेको मिति तोकेको थियो। तर, सरकारले उक्त दिन छठ पर्वको सार्वजनिक बिदा दिएपछि सुनुवाइ सरेको हो। स्थगित सुनुवाइ बुधबारका लागि तोकिएको छ।