युनिक नेपाल लघुवित्तका शेयरधनीको तीन वर्षदेखि हात खाली


काठमाडौं – युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। संस्थाको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

सभाले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ। युनिक नेपाल लघुवित्तले तीन आर्थिक वर्षदेखि शेयरधनीको हात खाली बनाउदै आएको छ।

संस्थाले यसअघि आर्थिक वर्ष २०७९/८० मा १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो। त्यसयता संस्थाले शेयरधनीलाई कुनैपनि प्रकारको लाभांश वितरण गरेको छैन।