काठमाडौं – गोकर्णेश्वर नगरपालिका ३ गाम्चामा प्रहरीमाथि आक्रमण गरी भाग्न खोज्ने एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
बिहीबार साँझ करिब पौने ७ बजे गोली प्रहार गरी नियन्त्रणमा लिइएका सुजन तामाङले सस्तोमा डलर साटिदिने भन्दै ठगी तथा लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिने क्रममा तामाङको घुँडामुनि गोली लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।







About Us
प्रतिक्रिया