काठमाडौं – नेपाल वेयरहाउजीङ कम्पनीको ५५ लाख २७ हजार ५ सय कित्ता शेयरको लकइन अवधि सकिने भएको छ। उक्त शेयरको लकइन अवधि यही मंसिर १९ गते समाप्त हुने भएको हो।
कम्पनीको संस्थापकले धारण गरेका ५५ लाख कित्ता, र कम्पनीका कर्मचारीसँग रहेको २७ हजार ५ सय कित्ता गरि कुल ५५ लाख २७ हजार ५ सय कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।
सार्वजनिक निष्काशन गरि शेयर बाँडफाँट गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक, र कम्पनीका कर्मचारीले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ।





About Us
प्रतिक्रिया