कात्तिकको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारका १६ विजेता आज घोषणा हुँदै


काठमाडौं । आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमअन्तर्गत १६ जना विजेताको घोषणा आज गर्ने भएको छ।

विभागका अनुसार कात्तिक १ देखि १५ गतेसम्मको अवधिका लागि १५ जना नियमित विजेता र एक जना बम्पर विजेता छनोट गरी घोषणा गर्न लागिएको हो।

विजेता छनोटका लागि नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्रिकेट खेलाडीहरूको उपस्थिति रहने विभागले जनाएको छ। करदाता प्रोत्साहन पुरस्कार कार्यक्रममार्फत करदातालाई प्रोत्साहित गर्ने तथा कर प्रणालीप्रति आकर्षण बढाउने उद्देश्य राखिएको छ।