काठमाडौं – पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकमा आज ३ घण्टा आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै मझिमटारमा आकाशे पैदल पुलको यात्रु आवागमन गर्ने भाग राख्ने काम हुने भएकाले आवागमन बन्द गर्नु परेको जनाएको छ।
कार्यालयले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काम हुने भएकाले यो अवधिमा सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको छ।






About Us
प्रतिक्रिया