पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले कमाए १९ अर्ब बढी नाफा


काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले १९ अर्ब बढी नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणले १९ अर्ब बढी नाफा कमाएको देखाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब नाफा आर्जन गरेका थिए ।

चालु आर्थिक वर्षको असोजसम्ममा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नबिल रहेको छ । बैंकले २ अर्ब ५५ करोड खुद नाफा कमाएको हो । दोस्रोमा ग्लोबल आईएमई बैंकले २ अर्ब ३१ करोड, तेस्रोमा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड नाफा कमाएको छ ।

साथै, एभरेस्ट बैंकले १ अर्ब २५ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १ अर्ब १८ करोड, एनएमबि बैंकले १ अर्ब १६ करोड, कृषि विकास बैंकले १ अर्ब ९ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र सानिमा बैंकले १ अर्ब ५ करोड नाफा कमाएका छन् ।

यस्तै, पहिलो ३ महिनामा सिद्धार्थ बैंकले ८५ करोड, नेपाल बैंकले ८३ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६७ करोड, हिमालयन बैंकले ६५ करोड , लक्ष्मी सनराइज बैंकले ६५ करोड, प्रभु बैंकले ६० करोड, नेपाल एसबीआई बैंकले ५५ करोड, माछापुच्छ्रे बैंकले ५५ करोड र एनआइसी एशिया बैंकले १२ करोड नाफा आर्जन गरेको छ । साथै, कृषि विकास बैंकले १० करोड नाफा कमाउँदा सिटिजन्स बैंकले गत वर्षको पहिलो त्रैमासमा २२ करोड घाटामा रहेकोमा यही असोजसम्म आइपुग्दा १० करोड खुद नाफा कमाउन सफल भएको छ ।