एबीसी सेक्युरिटिजद्वारा व्यावसायिक सञ्चार तथा सेवागुणस्तर अभिवृद्धि कार्यशाला सम्पन्न


काठमाडौं – एबीसी सेक्युरिटिजले आफ्ना कर्मचारीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले व्यवसायिक सञ्चार, सेवागुणस्तर तथा ग्राहक अनुभवसम्बन्धी आन्तरिक व्यावसायिक विकास कार्यशाला सम्पन्न गरेको छ।

कार्यशालामा व्यवसाय तथा संगठनात्मक प्रभावकारिता परामर्शदाता एवं कर्पोरेट प्रशिक्षक इयुडेन कोइरालाले सहजीकरण गरेकी थिइन्। उनले व्यावसायिक सञ्चारलाई प्रभावकारी बनाउने, ग्राहकसँगको सम्बन्ध सुदृढ गर्ने तथा संस्थाभित्र उत्कृष्ट सेवाको संस्कृति विकास गर्ने विषयमा प्रशिक्षण दिएकी थिइन्।

कार्यशालामा व्यावसायिक सञ्चारलाई प्रभावकारी बनाउने, ग्राहकसँगको सम्बन्ध सुदृढ गर्ने तथा संस्थाभित्र उत्कृष्ट सेवाको संस्कृति विकास गर्ने विषयमा प्रशिक्षण दिइएको कम्पनीले जनाएको छ। कार्यशालाले व्यावसायिक विकासलाई प्रोत्साहन गर्नुका साथै ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।