क्रिप्टो इतिहासमा सबैभन्दा ठूलो ह्याक, ६ अर्ब डलर बढी चोरी


काठमाडौं – विश्वको ठुलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समा इतिहास कै सबैभन्दा ठूलो साइबर आक्रमण भएको छ । बाइनान्सकाअनुसार हालसम्मकै सबैभन्दा ठूलो मानिएको क्रिप्टोमाथि साइबर आक्रमण भएको हो ।

सो आक्रमणका कारण ६.३ अर्ब डलर (४.७ अर्ब पाउन्ड) बराबरका डिजिटल सम्पत्तिहरू प्रभावित भएको जनाएको छ । एक्सचेन्जले ती सम्पत्तिहरूमध्ये करिब आधा हिस्सा रोक्का गरिएको बताएको छ । तर, धेरैजसो अझै पनि ह्याकरहरूको हातमा नै छ । यता एक्सचेन्जले सबै नोक्सानीको भरपाइ आफुले गर्ने प्रतिबद्धता जनाएको छ ।

एक इन्जिनियरको ल्यापटप ह्याक गरेर सो रकम चोरी गरेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।