लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गर्यो, बोनस र नगद कति ?


काठमाडौं – लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंक कार्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश छन्। सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सो दरमा शेयरधनीहरूलाई वितरण गरिनेछ।