बैंकिङ्ग कसुर मुद्दाका दुई फरार अभियुक्त पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर तथा चेक अनादर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोका रत्नमान माली र काठमाडौंको कीर्तिपुर नगरपालिका–१ का प्रचण्डमान प्रधान रहेका छन्।

मालीलाई बैंकिङ्ग कसुर मुद्दामा अदालतको फैसलाअनुसार एक सय ९० दिन कैद र ७ हजार ५०० रुपैयाँ जरिवाना तोकिएको थियो। त्यस्तै, चेक अनादर मुद्दामा प्रधानलाई दुई वर्ष कैद सजाय तोकिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरेको हो।