प्राविधिक समस्याका कारण नेपाल प्रहरीका डिजिटल सेवा अवरुद्ध


काठमाडौं – प्राविधिक समस्याका कारण नेपाल प्रहरीका विभिन्न डिजिटल सेवाहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको वेबसाइट, नेपाल प्रहरी मोबाइल एप, अनलाइन भर्ना छनोट प्रणाली तथा अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध आएको नेपाल प्रहरीले जनाएको छ।

सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति नेपाल प्रहरीले क्षमायाचना गरेको छ।