काठमाडौं – एनआईसी एशिया बैंकले एकैपटक ७ शाखा मर्ज गर्ने भएको छ । बैंकले माघ १८ गतेदेखि लागू हुनेगरी ७ वटा शाखा नजिकैको अन्य शाखामा मर्ज गर्न लागेको हो । समायोजन हुने शाखाका ग्राहकले समायोजनपछि सञ्चालनमा रहने शाखाबाट पहिले झैँ सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधा प्राप्त गर्न सक्नेछन्।
बैंकले काठमाडौंको ठूलोभयाङ शाखालाई स्वयम्भू शाखामा समायोजन गर्नेभएको छ । यता, रुपन्देहीको राममन्दिर बुटवल शाखालाई बुटवल शाखामा, देवीनगर शाखालाई राजमार्ग चौराहा शाखामा र देवकोटा चोक शाखालाई भैरहवा शाखामा समायोजन गर्नेछ।
यसैगरी, कोशी प्रदेशको दमकमा रहेको फाल्गुनन्द चोक शाखालाई दमक शाखामा समायोजन गर्नेछ भने ट्याङ्लाफाँट शाखालाई कीर्तिपुर शाखामा र भक्तपुरको बोडे शाखालाई पुरानो ठिमी शाखामा समायोजन गर्ने बैंकले जनाएको छ ।






About Us
प्रतिक्रिया