वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो, एकदिनमा ५० पटकसम्म कारोबार गर्न पाइने


काठमाडौं – नेपाल राष्ट्र बैंकले चार्डपर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्न पाउने दैनिक सीमा अस्थायी रूपमा वृद्धि गरेको छ। बैंकका अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।

यसअघि भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ अनुसार दैनिक अधिकतम १० पटकसम्म रकम जम्मा गर्न पाउने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार २०८३ असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म र तिहार तथा छठ पर्वको अवसरमा कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म वालेटमा दैनिक ५० पटकसम्म रकम जम्मा गर्न पाइनेछ।