काठमाडौं – काठमाडौं उपत्यकामा आगामी आइतबारदेखि उपभोक्ताले जुनसुकै ब्रान्डका खाली सिलिन्डर साटफेर गरेर खाना पकाउने एलपी ग्यास लिन पाउने भएका छन्। चाडपर्वको समयमा एकअर्का ब्रान्डका सिलिन्डर सट्टापट्टा गर्न नपाएर उपभोक्ताले सास्ती खेप्नुपरेको गुनासो आएपछि नेपाल एलपि ग्यास उद्योग सङ्घले यस्तो व्यवस्था गरेको हो।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार असोज २५ गतेदेखि ३१ गतेसम्म उपत्यकाका विभिन्न ६ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साटफेर गर्न सकिनेछ। ती केन्द्रहरू हरेक दिन बिहान ९:३० देखि अपराह्न ४:३० बजेसम्म सञ्चालन हुनेछन्। यी केन्द्रहरूबाट प्रत्येक दिन बिहान ९ः ३० बजेदेखि अपराह्न ४ः ३० बजेसम्म सेवा लिन सकिनेछ।
१.सिफलचौर, काठमाडौं (ग्यास एन्ड अक्सिजन ट्रेडर्स)
उपलब्ध ब्रान्डः एभरेस्ट र सुगम
सम्पर्कः ९८०१०९१२७७
२.पेप्सीकोला, काठमाडौं
उपलब्ध ब्रान्डः सगर ग्यास
सम्पर्कः ०१–५१५६२७४
३.बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि, काठमाडौं
उपलब्ध ब्रान्डःनेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी
सम्पर्कः९८०२९५०४१७
४.सुकेधारा, काठमाडौं
उपलब्ध ब्रान्डः बाबा र श्री ग्यास
सम्पर्कः ९८५१११३७०४
५.कलङ्की, काठमाडौं
उपलब्ध ब्रान्डः साईबाबा र श्रीकृष्ण ग्यास
सम्पर्कः ९८५१०६०१९२
६.हरिसिद्धि, ललितपुर
उपलब्ध ब्रान्डः श्रीराम ग्यास
सम्पर्कः ९८५११३७७३२






About Us
प्रतिक्रिया