काठमाडौं – संघीय संसद्को अर्थ समितिले नेपालको पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री, पारदर्शी र लगानीमैत्री बनाउन विभिन्न महत्वपूर्ण निर्णय तथा निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षणका लागि सम्बन्धित निकायको भूमिका, जिम्मेवारी र जवाफदेहिता स्पष्ट हुने गरी धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल तर्जुमा गरी संघीय संसद्मा प्रस्तुत गर्न नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ।
यस्तै, समितिले कम्पनीलाई प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति दिनुअघि कम्पनीको पूँजी पर्याप्तता, प्रविधि, नेटवर्थ, वासलात, प्रतिफललगायतका आधारमा स्तरीकरण तथा प्राथमिकीकरण गरेर अनुमति दिन सेबोन लाई निर्देशन दिएको छ।
यस्तो छ समितिको आजको निर्णय/निर्देशन
– नेपालको पूँजी बजारलाई आधुनिक प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाई धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सेञ्ज लिमिटेड र सिडिएस एण्ड क्लिरियङ्ग लिमिटेड समेतको भूमिका, जिम्मेवारी र जवाफदेहिता स्पष्ट हुने गरी धितोपत्रसम्बन्धी नयाँ विधेयक तर्जुमा गरी संङ्घीय संसद्मा तत्काल प्रस्तुत गर्न नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिने ।
– कम्पनीको प्राथमिक शेयर निष्काशन अनुमति दिनुअघि उक्त कम्पनीको पूँजी पर्याप्तता, प्रबिधि, नेटवर्थ, वासलात प्रतिफल लगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गरी अनुमति प्रदान गर्न र संस्थापकले धारण गर्नुपर्ने शेयर स्वामित्व सम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिने ।
–नेपाल स्टक एक्सेञ्ज लिमिटेडको पुनः संरचनाको कार्यलाई तीब्रता दिई नेप्से अनलाईन ट्रेडीङ सिस्टम प्रविधि र डाटा सिस्टममा समयसमयमा अवरुद्ध हुने गर्दा लगानीकर्ता र सरकारको राजस्वमा समेत हानि पुगेकोले उक्त प्रविधिको स्तरोन्नतिका साथै साईबर सुरक्षाको उच्चतम प्रत्याभूति गर्न नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सेञ्ज लिमिटेड (नेप्से) लाई निर्देशन दिने ।
– धितोपत्रको दोस्रो बजार कारोबारमा मिलोमतोमा गरिने किनबेच, आपूर्ति नियन्त्रण गरी कृत्रिम अभाव सिर्जना गर्ने वा कृत्रिम मागरमूल्य सिर्जना गरी उच्च मूल्यमा बेच्ने कर्नरिङ, (सर्कुलर ट्रेडिङ, पम्प एण्ड डम्प) लगायतका चलखेल रोक्न त्यस्ता कार्यको सघन निगरानी र अनुगमन गरी संलग्न व्यक्ति वा कम्पनीलाई तत्काल आवश्यक कारबाही गर्न नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सेञ्ज लिमिटेडलाई निर्देशन दिने।
–नेपाल स्टक एक्सेञ्ज लिमिटेड (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पद लामो समयदेखि रिक्त रेहेकोले तत्काल पदपूर्तिर नियुक्ति प्रक्रिया अगाडि बढाउन नेपाल सरकार अर्थ मन्त्रालयलाई निर्देशन दिने ।






About Us
प्रतिक्रिया