हामी म्युचुअल फण्डसँग सम्बन्धी नीति चाँडै ल्याउँदै छौं : अध्यक्ष भट्ट


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्टले म्युचुअल फण्डसँग सम्बन्धी नीति १/२ दिनमा ल्याउने भएका छन्। भट्टले अर्थ समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।

भटट्ले म्युचल फण्ड साना लगानीकर्ताको ‘ओरिएन्ट’ हुने भएकाले साना र आफ्नो लगानीको निर्णय गर्न नसक्ने लगानीकर्ताका लागि म्युचुअल फण्डको नीति ल्याउने बताएका हुन्। ‘लगानीको निर्णय लिन नसक्ने लगानीकर्ताले म्युचुअल फण्डमार्फत फोटफोलियोको फाइदा लिने हो’ भट्टले बैठकमा भने,‘हाम्रा म्युचुअल फण्डहरू अझैपनि त्यता गएका छैनन्, त्यतातिर ‘ओरिएन्ट’ गराउनका लागि सेबोनले एक दुई दिन भित्रै अर्को नीति ल्याउँदै छौँ।’