कपनबाट ३३ लाख बराबरको धनमाल चोरी


काठमाडौं – काठमाडौंको बुढानिलकण्ठ नगरपालिका– १० कपन बालुवाखानी डेरा गरी बस्ने प्युठान घर भएकी ३९ वर्षीया सम्झना थापाको कोठाबाट ३३ लाख १६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। 

प्रहरीका अनुसार, थापाको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहनाहरूसमेत गरी करिब ३३ लाख १६ हजार रुपैयाँ बराबरको धनमाल भएको हो।

प्रहरीले चोरीमा संलग्न व्यक्ति हाल फरार रहेका छन्। चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।