काठमाडौं – वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै ९४ लाख ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङका ईश्वर खतिवडा र लमजुङका खर्वा तामाङ रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार खतिवडाले स्लोभानिया र माल्दिभ्स पठाइदिने भन्दै २५ जनाबाट ८५ लाख रूपैयाँ ठगी गरेको छ
रकम लिएर विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएका थिए। त्यस्तै, तामाङले जापान पठाइदिने भन्दै एक जनाबाट नौ लाख रुपैयाँ लिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
खतिवडालाई काठमाडौं महानगरपालिका–२६ बाट र तामाङलाई काठमाडौं–९ सिनामङ्गलबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।






About Us
प्रतिक्रिया