काठमाडौं – पाल्पाको माथागढी गाउँपालिका–२, रुक्सेमा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ। बिहीबार बिहान करिब २ः३० बजे बारीको ढिस्को खस्दा ७५ वर्षीय शेरबहादुर चिडी मगरको घर पुरिएको हो।
ढिस्कोले घर पुरिएपछि घरभित्र रहेका मगरलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तानसेन लगिएको थियो।उपचारका क्रममा बिहान ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। घरमा रहेका अन्य चार जना भने सकुशल रहेका छन्।






About Us
प्रतिक्रिया