पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता


काठमाडौं – पाल्पाको माथागढी गाउँपालिका–३, भसकट्टामा पहिरोमा घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। वर्षाका कारण आज बिहान करिब ४ः३० बजे खसेको पहिरोले स्थानीय लिलबहादुर घर्ती मगरको घर पुरिँदा उनीसहित तीन जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती रहेका छन्। घटनालगत्तै बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ। पहिरोका कारण थप क्षति भएको वा नभएकोबारे विवरण आउन बाँकी रहेको छ।