प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फिर्ता


काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन्। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन  असोज ६ गते न्युयोर्क गएका थिए।

उनी कतारको दोहा हुँदै न्यूयोर्कबाट काठमाडौं फर्किएका हुन्। आज अपराह्न उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले स्वागत गरेका थिए।

प्रधानमन्त्री शाह गत मंगलबार न्युयोर्क प्रस्थान गरेका थिए।