काठमाडौं – एपोलो हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ४७ हजार कित्ता साधारण शेयरको लक–इन अवधि आगामी कार्तिक १० गते समाप्त हुने भएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डको स्वीकृतिअनुसार सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयरमध्ये ५ प्रतिशत अर्थात ४७ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर वैशाख ११ गते बाँडफाँट गरेको थियो।
सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर सर्वसाधारणलाई बाँडफाँट भएको मितिले ६ महिनासम्म लक–इनमा राख्नुपर्ने व्यवस्था रहेको छ।






About Us
प्रतिक्रिया