हाथवे इन्भेष्मेन्ट नेपालका आधारभुत शेयरधनी हेमराज ढकालले २० लाख कित्ता शेयर बेच्ने


काठमाडौं – हाथवे इन्भेष्टमेन्ट नेपालका आधारभूत शेयरधनी हेम राज ढकालले आफ्नो नाममा रहेको २० लाख कित्ता शेयर बिक्री गर्ने भएका छन्।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीका आधारभूत शेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिन अगाडि जानकारी गराउनुपर्ने व्यवस्था छ।

बोर्डको सोही व्यवस्थाअनुसार ढकालले आगामी तीन महिनाभित्र २० लाख कित्ता शेयर बिक्री गर्ने मनसायसहित असोज ८ गते कम्पनीमा निवेदन दिएका हुन्।