काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएपछि दाङका विभिन्न सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइने भएको छ।
प्रहरीका अनुसार, राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–कपुरकोट सडक खण्ड, भालुवाङ–चकचके सडक खण्ड अन्तर्गत भालुवाङदेखि गनाहा खोलासम्म, शहीद मार्ग अन्तर्गत घोराही–होलेरी सडक खण्ड, घोराही–मुर्कुटी सडक खण्ड र तुलसीपुर–सुर्खेत सडक खण्ड अन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्म राति सवारी सञ्चालन लगाइने भएको हो।
सम्भावित वर्षाका कारण सडकमा बाढी, पहिरो तथा अन्य जोखिम बढ्न सक्ने भएकाले २०८३ असोज ८ गतेदेखि लागू हुने गरी हरेक दिन साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म तोकिएका सडक खण्डमा सवारी आवागमन बन्द गरिने जनाइएको छ।






About Us
प्रतिक्रिया