सानिमा मिडल तमरो हाइड्रोपावरको लाभांश घोषणा


काठमाडौं – सानिमा मिडल तमरो हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ५.२६प्रतिशत कर सहित नगद लाभांश घोषणा गरेको हो। कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश पारित गर्न कम्पनीले यही असोज ३० गते ११ औँ वार्षिक साधारणसभा बोलाएको छ। सो सभा प्रयोजनका लागि कम्पनीले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अर्थ असोज १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन्।