काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज २ कम्पनीको शेयरमा मूल्य समायोजन भएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्नो रिभर्स लिमिटेडको शेयर मूल्य समायोजन भएको हो।
सांग्रिला डेभलपमेन्ट बैंकको ४ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ। आज कम्पनीको अन्तिम कारोबार मूल्य ४२८ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पछि कम्पनीको शेयर मूल्य ४११ रुपैयाँ ५४ पैसा कायम भएको छ।
त्यस्तै, स्नो रिभर्सको १० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ। आज कम्पनीको अन्तिम कारोबार मूल्य ९४५ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य ८५९ रुपैयाँ ९ पैसा कायम भएको छ।
यी दुवै कम्पनीको समायोजित मूल्यलाई आधार मानेर भोली अर्थात् असोज ८ गते दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।






About Us
प्रतिक्रिया