हिमालयन सेक्युरिटीजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ जम्मा


काठमाडौं – हिमालयन सेक्युरिटिज लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावितलाई ५ लाख रूपैयाँ सहयाेग गरेकाे छ। कम्पनीले बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हाे।

प्राकृतिक विपत्तिबाट प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित सहयाेग गरेकाे कम्पनीले जनाएकाे छ। कम्पनीले भनेको छ, ‘यस कठिन परिस्थितिमा भोटेकोशीका प्रभावित परिवारहरूसँगै उभिएका छौँ। राहत तथा पुनर्निर्माणमा सानो सहयोग पुगोस् भन्ने उद्देश्यका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्न पाउँदा सम्मानित महसुस गर्दछ।’