भदौ महिनाको उत्कृष्ट ट्राफिक प्रहरीमा जवान लक्ष्मण केसी पुरस्कृत


काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक कार्यालयले उत्कृष्ट ट्राफिक प्रहरीको रूपमा प्रहरी जवान लक्ष्मण केसीलाई पुरस्कृत गरेको छ। ट्राफिक प्रहरी वृत्त कमलपोखरीमा कार्यरत प्रहरी जवान लक्ष्मण केसीलाई भदौ महिनाको उत्कृष्ट ट्राफिक प्रहरीको रूपमा पुरस्कृत गरिएको हो। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले जवान केसीलाई उत्कृष्ट ट्राफिक प्रहरीको रूपमा सम्मान तथा पुरस्कार प्रदान गरेका छन्।