काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्सले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले एक संस्थापक शेयरधनीको नाममा रहेको ५० हजार ३१३ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले सो शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो।
उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया