स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले एक जना संस्थापक शेयरधनीको नाममा रहेको ७ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।

संस्थाले विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी सो शेयर बिक्रीमा ल्याएको छ। उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिन भित्र आवेदन दिन सक्नेछन्।