काठमाडौं – एभरेष्ट बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पस चोकमा मा आफ्नो १३४औँ शाखा विस्तार तथा सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको समेत उद्घाटन गरेको छ। बैंकले आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय समेत हालको स्थानबाट स्थानान्तरण गरी सम्पूर्ण सेवाहरु सोहि भवनबाट प्रदान गर्ने व्यहोरा जनाएको छ। यो शाखासँगै सुदूरपश्चिम प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ।
धनगढी उद्योग बाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंकका संचालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यबाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा, धनगढी उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ , बैंकका सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख यज्ञ राज तिमिल्सिना, विभिन्न उद्योग व्यवसायीहरु तथा बैंकका अन्य कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिती रहेको थियो।
क्याम्पस चोक, धनगढीमा बैंकको आफ्नै भवनमा शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ।






About Us
प्रतिक्रिया