साउनमा वाणिज्य बैंकहरूले ८ अर्ब ७३ करोड बढी कमाएः पहिलो नबिल, दोस्रो ग्लोबल आइएमई


काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा २० वटा वाणिज्य बैंकले कुल ८ अर्ब ७३ करोड ७२ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्ष बैंकहरूले ८ अर्ब ३८ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेका थिए। साउनमा १३ वटा बैंकले नाफा बढाएका छन्। ७ वटाको नाफा भने खुम्चिएको छ। कृषि विकास बैंकको नाफा १०७ गुणाले बढेको छ।

सार्वजनिक विवरणअनुसार नाफा आर्जनमा सबैभन्दा अगाडि रहेको नबिल बैंकले ८८ करोड ३१ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ। यस्तै, दाेस्राेमा ग्लोबल आइएमई बैंकले ८१ करोड ३६ लाख रुपैयाँ कमाएकाे छ। यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ७३ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ।

त्यस्तै, कुमारी बैंकले ५४ करोड ७० लाख ९० हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ५२ करोड ३९ लाख ४० हजार रुपैयाँ र प्राइम कमर्सियल बैंकले ५२ करोड १८ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएका छन्। लक्ष्मी सनराइज बैंकले ४९ करोड ६७ लाख ५० हजार रुपैयाँ, एभरेस्ट बैंकले ४९ करोड २१ लाख ९० हजार रुपैयाँ, एनएमबी बैंकले ४७ करोड ९० लाख ३० हजार रुपैयाँ र सिद्धार्थ बैंकले ४२ करोड ९४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

यस्तै, कृषि विकास बैंकले ३८ करोड ८२ लाख ९० हजार रुपैयाँ, सानिमा बैंकले ३८ करोड २८ लाख १० हजार रुपैयाँ, प्रभु बैंकले ३२ करोड ९३ लाख ९० हजार रुपैयाँ र नेपाल बैंकले ३० करोड ८६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका छन्। यस्तै, हिमालयन बैंकले २७ करोड ३० लाख २० हजार रुपैयाँ, माछापुच्छ्रे बैंकले २७ करोड २७ लाख ८० हजार रुपैयाँ, सिटिजन्स बैंकले २५ करोड ९२ लाख ८० हजार रुपैयाँ र एनआईसी एशिया बैंकले २२ करोड १७ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकले २० करोड ३८ लाख ८० हजार रुपैयाँ र नेपाल एसबीआई बैंकले १७ करोड ५९ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएका छन्।