रसुवा बाढीका कारण आईसीएफसी फाइनान्सको त्रिशुली शाखा बट्टारमा स्थानान्तरण


काठमाडौं – आईसीएफसी फाइनान्सले त्रिशुली शाखा नुवाकोटको विदुर नगरपालिका–४, बट्टारमा स्थानान्तरण गर्ने भएको छ। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण त्रिशुली शाखा रहेको कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सोही स्थानमा शाखा सञ्चालन गर्न सम्भव नभएकाले शाखा स्थानान्तरण गरिएको फाइनान्सले जनाएको हो।

फाइनान्सका अनुसार असोज ५ गते अर्थात आजदेखि विदुर नगरपालिका–४, बट्टारस्थित नयाँ कार्यालयबाट नियमित बैंकिङ्ग कारोबार सञ्चालन हुनेछ। साविक त्रिशुली शाखाबाट कारोबार गर्दै आएका ग्राहकलाई अब बट्टार शाखाबाटै सेवा लिन आग्रह गरेको छ।