काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नियमित शेयर कारोबार आजका लागि स्थगित भएको छ। नेप्सेका अनुसार ७२ कारोबार सदस्य कम्पनीहरू (ब्रोकर) को सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या आएका कारण नेप्से सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएकोले कारोबार रोकिएको हो।
ब्रोकरहरूको सर्भर रहेको डाटा हब प्रालिमा आज बिहानदेखि नै प्राविधिक समस्या देखिएको नेप्सेले जनाएको छ। समस्या समाधानका लागि निरन्तर पहल भइरहेको भए तापनि हालसम्म पूर्ण रूपमा समाधान हुन सकेको छैन।






About Us
प्रतिक्रिया