सुनको मूल्य घट्यो आज, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। आइतबार प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन तोलामा एक हजार तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ।

आइतबार प्रतितोला चार हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।