काठमाडौं – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले असोज २८ गते आफ्ना शेयरधनीलाई १८ औँ वार्षिक साधारण सभामा बोलाएको छ। बैंकको असोज गते बसेको सञ्चालक समितिको बैठकले सो सभा सेफ्रन सि.के.प्रा.लि., बुटवल, रुपन्देहीमा बोलाएको हो। सो सभा बिहान साढे ११ बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ। सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशतले हुने रकम ५० करोड २१ लाख ९७ हजार २ सय रुपैयाँ र (नगद लाभांश नगद लाभांश र बोनस शेयरको करसहित) वितरण गर्न स्वीकृत गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १२ गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहररूले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।






About Us
प्रतिक्रिया