काठमाडौं – हिमालयन बैंकले साढे ८ लाख बढी कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकको संस्थापक समूहको ८ लाख ५० हजार १२४.५७ कित्ता शेयर बिक्रीमा राखिएको हो।
यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिने प्रक्रिया पूरा भएपछि अब जो–कोही व्यक्ति तथा कम्पनीले पनि शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
शेयर बिक्रीका लागि १५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा दिन सकिनेछ।






About Us
प्रतिक्रिया