एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति


काठमाडौं –  अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेमाथि जिल्ला अदालत ललितपुरले ४ दिन म्याद थप गरेको छ।

न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीले जानकारी दिए। 

उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले  एन्फाकाे केन्द्रीय कार्यलयमा छापा मार्दै पक्राउ गरेको थियो।