काठमाडौं – काठमाडौंको जडीबुटीमा ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट सञ्चालनमा आएको छ। असोज १ गते नयाँ आउटलेटको उद्घाटन गरिएको हो। नयाँ आउटलेटमा ग्राहकले एउटै छानामुनि नेपालमै उत्पादित तथा आयातित विभिन्न डिजाइनका सोफा तथा फर्निचर खरिद गर्न सक्नेछन्। घर तथा कार्यालयका लागि आवश्यक विभिन्न डिजाइन, साइज र मूल्यका सोफा तथा फर्निचर उपलब्ध रहेको कम्पनीले जनाएको छ।
आउटलेट उद्घाटनको अवसरमा कम्पनीले ग्राहकका लागि ५० प्रतिशतसम्मको ओपनिङ अफरसमेत ल्याएको छ। विभिन्न सोफा तथा फर्निचर खरिद गर्ने ग्राहकले उद्घाटनको अवसरमा आकर्षक छुट तथा विशेष अफरको लाभ लिन सक्ने कम्पनीले जनाएको छ। सोफा स्टोर काठमाडौंका प्रोप्राइटर तथा सिईओ दीपेन्द्र धरेलका अनुसार कम्पनीले यसअघि आफ्नै कारखानामा उत्पादन गरिएका सोफा तथा फर्निचर मात्रै बिक्री गर्दै आएको थियो। ग्राहकका फरक–फरक आवश्यकता र मागलाई सम्बोधन गर्ने उद्देश्यले अब आयातित सोफा तथा फर्निचरसमेत बिक्री गर्न थालिएको उनले बताए।
धरेलका अनुसार एउटै स्थानबाट ग्राहकले आफ्नो बजेट, आवश्यकता र रुचिअनुसार नेपालमा उत्पादितदेखि आयातितसम्मका विभिन्न प्रकारका सोफा तथा फर्निचर छनोट गर्न सक्नेछन्।गुणस्तरीय सामग्री, आकर्षक डिजाइन र उचित मूल्यमा विभिन्न प्रकारका सोफा तथा फर्निचर उपलब्ध गराउने उद्देश्यले जडीबुटीमा नयाँ आउटलेट सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
सोफा स्टोर काठमाडौंका आउटलेटहरू यसअघि जडीबुटीबाहेक काठमाडौंको चामती, महाराजगञ्ज (चक्रपथ) तथा भक्तपुरमा सञ्चालनमा रहेका छन् । काठमाडौं उपत्यकाबाहिर धादिङ, धनगढी र सुर्खेतमा समेत कम्पनीका आउटलेट सञ्चालनमा छन्। जडीबुटीसहित सोफा स्टोर काठमाडौंका सबै आउटलेट अब नियमित रूपमा ग्राहकका लागि खुला रहने कम्पनीले जनाएको छ।






About Us
प्रतिक्रिया