काठमाडौं – सरकारले पुँजीबजार सुधारका लागि सार्वजनिक गरेको २१ बुँदे ‘एक्सन प्लान’ को प्रभाव शेयर बजारमा देखिएको छ। आज मंगलबार कारोबार सुरु भए देखिनै बढ्न थालेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४८.५७ अंकले बढेर बन्द भएको छ।
यससँगै बजार २५ सयको बिन्दुबाट उकालो लागेर २६ सय ३३ दशमलव ६२ को बिन्दुमा पुगेको छ। आज कारोबार रकम समेत बढेर ८ अर्ब २९ करोडको शेयर कारोबार भएको छ। आज ३४७ कम्पनीको २ करोड ३ लाख कित्ता शेयर किनबेच भएको छ। आज २६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज सबैभन्दा रिलायन्स स्पिनिङ मिल्सको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३२ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, शिबम् सिमेन्टको ३१ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी धौलागिरि लघुवित्तका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९६ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, सिन्धु विकास बैंकका लगानीकर्ताले ११.०३ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी गुमाउनेका एभरेष्ट बैंकका लगानीकर्ता रहेका छन्। आज यस बैंकका लगानीकर्ताले ५.५५ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया