लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि बढ्न थाल्यो


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार दोस्रो दिन बढेको छ । लामो समयसम्म निरन्तर घट्दो अवस्थामा रहेको नेप्से परिसूचक लगातार दुई दिन बढेको हो ।

आज कारोबार सुरु भएदेखि नै बढ्न थालेको परिसूचक २५.५५ अंकले बढेर बन्द भएको छ । यससँगै परिसूचक २५ सय ८५ अंकको बिन्दुमा पुगेको छ । परिसूचक यसअघि गत साताको अन्तिम कारोबार दिनमा २७ अंकले बढेको थियो ।

परिसूचक दोहोरो अंकले बढ्दा २२६ कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै ४७ कम्पनीको शेयर मूल्य घट्दा २ कम्पनीको मूल्य स्थिर छन् । परिसूचक बढेसँगै कारोबार रकम समेत बढेको छ । आज ४ अर्ब ६८ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।