ल्युब आयलले गर्यो २१ प्रतिशत नगद लाभांश प्रस्ताव


काठमाडौं । नेपाल ल्युब आयलले आफ्ना शेयरधनी लगानीकर्ताहरुलाई २१।०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर र ६.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

कम्पनीको सञ्चालक समितिको ३९१औं बैठकअनुसार ५२ लाख ९२ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरिएको छ। कम्पनी आफ्ना लगानीकर्तालाई १ः२ अनुपातमा हकप्रद शेयर निष्कासनको तयारीमा छ।

सञ्चालक समितिको प्रस्तावअनुसार १४ लाख ५७ हजार २५३ कित्ता शेयरमा मात्रै हकप्रद शेयर लागू हुने बताइएको छ। प्रस्तावित लाभांश कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै लागू हुनेछ। कम्पनीले असोजको १९ गतेलाई वार्षिक साधारण सभा तय गरेको छ।